कालेश्वर बतासेकी सुनिता वाईबा अभिनयमा जम्दै
महांकाल गाउँपालिका भित्रको ६ वटा वडाहरुमध्ये वडा नम्बर ४ मा कालेश्वर, बतासे पर्दछ। ललितपुर जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कालेश्वर बतासेबाट काभ्रेको नारायणस्थान,बतासे डाँडामा नै अवस्थित तामाङ लुङतोग गुम्बा, अर्गानिक खुवाको स्वादमा यहाँबाट मकवानपुर, बारा, विरगन्ज र दक्षिण ललितपुरका भूभागका दृश्यहरु जोकोहिले पनि अवलोकन गर्न सकिन्छ भने प्रसिद्ध कालेश्वर मन्दिर पनि देखिन्छ।
यस्तै प्राकृतिक धनिले भरिपूर्ण गाउँमा कृषि, शिक्षण, निजामती, दुग्ध व्यवसायी, धार्मिक, सुरक्षा निकाय, वैदेशिक रोजगार लगायतका क्षेत्रमा कालेश्वरका नागरिकहरु आफ्नो जीवन यापन गरि रहेका छन्। हरेक मानवको आ-आफ्नो ईच्छा,चाहना,योजना हुन्छ नैं! यही गाउँमा वि.सं. २०५० साल असोज २ गतेका दिन बुबा विक्रमबहादुर वाईबा र आमा ठुलीमाया लोप्चनको कोखबाट सुनिता वाईबाको जन्म भएको थियो। सानै उमरेदेखि कलाकारिता र अभिनयमा लाग्ने रहर, ईच्छा थियो सुनिताको।
संयोगवस औपचारिक शिक्षा हासिल गर्ने क्रममा प्लस-टु उतिर्णपश्चात् वि.सं. २०७१ सालमा पहिलोपटक म्युजिक भिडियो 'चट्ट अचार' गितको बोलबाट कलाकारिताको अभिनय थालेकी सुनिताले 'पलपल, गिम्दीगाउँ, तिमी विना बाँचु कसरी, दशैं तिहार' जस्ता अरु श्रष्टाले लेखेका २६ वटा गीत र आफुले लेखेका ३ वटा म्युजिक भिडियोहरुमा गरि हालसम्ममा २९ वटा लोकदोहोरी, तामाङ सेलो, 'म्हेन्दोमाया' गितका म्युजिक भिडियोमा अभिनय गरेको गोर्खाली रेडियो अनलाइनसँगको संवादमा बताएकी छिन्। कलाकारिता र अभिनयको बाबजुदपनि सुनिता वाईबाले ललितपुरको मानभवनमा रहेको कृषि टेलिभिजनमा गित, संगितको विधालाई समेटेर तयार गरिएको 'देउराली' नामक टेलिभिजन कार्यक्रममासमेत प्रस्तोताको रुपमा करिब ९ महिना चलाएकी थिइन्।
यसरी गित, संगितको क्षेत्रमा कलाकारिता, अभिनय, कार्यक्रम प्रस्तोता, नृत्य, कविता, गजल वाचनसमेत गरेकी सुनिताले योगदानको कदरस्वरुप सिंजा गाउँपालिका, जुम्लाले २०७६ सालमा सिंजा सांस्कृतिक महोत्सवमा सम्मान, श्री साङगे युवा क्लब, कालेश्वर स्पोर्टस युवा क्लब, शशी म्युजिक धमाका जस्ता दर्जनौ संघसंस्थाहरुबाट सम्मान,प्रशंसा पत्र, मायाको चिनो र पारिश्रमिक पाउँदा खुशी लागेको र समाजमा नारी भएर नाँचेर हिड्ने भनेर कुरा काटेको सुन्दा आफूलाई नराम्रो लागेको तितो अनुभव सुनाइन् सुनिताले। छोटो समयमा नै गित, संगित, कलाकारिताको दुनियाँमा रहेकी मोडल सुनिता वाईबाले आफूले कलाकारिता, अभिनयको क्षेत्रलाई निरन्तर अगाडि बढाउने आफ्नो योजना रहेको र हाल: राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय सदस्य रहेको कुरा सुनिताले एउटा आनलाइन सम्बादमा बताइन् । नेपाली गित, संगित, अभिनय, गजल, कविताको क्षेत्रमा नेपाली दर्शक र श्रोतामाझ मोडल सुनिता वाईबाले छोटो समयमा कला, गलाले जम्न सफल भएको देखिन्छ।

Post a Comment
0 Comments